BBM SCHOLARSHIP
BBM मा प्रत्येक क्याम्पस/ कलेजले तोकिएको संख्यामा प्रति सेक्सन विद्यार्थी भर्ना गर्दै आएकोमा प्रवेश परीक्षा (CMAT) मा सम्मिलित भई भर्नाका लागि योग्य ठहरिएका विद्यार्थीहरुबाट अनिवार्य रुपमा आवेदन आव्हान गरि प्रति सेक्सन २ (दुई) जना विद्यार्थीहरुलाई क्याम्पस/कलेजले उठाउने कूल रकम (Total Amount) बाट पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने छ । छात्रवृत्ति कोटामा विद्यार्थी भर्ना देहायको प्राथमिकता क्रमको आधारमा योग्यताक्रम अनुसार छनौट गर्नु पर्नेछ ः–
क) नेपालका सामुदायिक मा.वि. बाट प्रवेशिका र सामुदायिक उच्च मा.वि. बाट दश जोड दुई परीक्षा उत्तिर्ण गरेको ।
ख) नेपालको सामुदायिक उच्च मा.वि. बाट दश जोड दुई परीक्षा उत्तिर्ण गरेको ।
ग) नेपालका सामुदायिक मा.वि. बाट प्रवेशिका परीक्षा उत्तिर्ण गरेको ।